हिजो आज भोलीको खबर, सबैको हातमा सत्यतथ्य खबर

भक्तपुर, १७ असार गते २०८३

सूर्यविनायक नगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त घोषणा अभियानको क्रममा आज लैङ्गिक तथा सामाजिक समावेशीकरण शाखा प्रमुख विजया लक्ष्मी सुवेदीले घोषणा पत्र वाचन गरी नगर प्रमुख बासुदेव थापाद्वारा वडा अध्यक्ष भगवान खत्रीलाई  सूर्यविनायक नगरपालिकाका वडा नं ९ नंखेललाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा पत्र प्रदान गरिएको थियो।

नेपाल सरकारले तयार पारेको बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका, २०७८ ले तय गरेको ५१ सूचक पुरा गरेसंगै सुर्यविनायक नगरपालिकाले यहाँका प्रत्येक वडालाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा अभियान वडा नं ७ गुण्डुबाट सुरु भइ आज वडा नं ९ र १० को घोषणा सम्पन्न भएपछि पूरा हुने नगर प्रवक्ता एवं वडा ७ का अध्यक्ष रविन्द्र सापकोटाले बताउनु भयो ! उहाँले नगरपालिकाले प्रत्येक वडामा बाल सञ्जाल गठन गरी ५१  सूचक पुरा गर्न सफल भएको बताउनुभयो । उहाँले सूर्यविनायकका सबै वडा घोषणा सम्पन्न पश्चात वामती प्रदेशको अनुगमन एवं निरिक्षण सम्पन्न गरेपछि आउँदो भदौ भित्र नगरपालिकालाई पनि बालमैत्री स्थानीय शासनयुक्त पालिका घोषणा गरिने बताउनुभयो ।

बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा समारोहका सभापति एवं वडा नं ९ का वडाध्यक्ष भगवान खत्रीले बालमैत्री वडा घोषणाको प्रतिवेदन प्रस्तुत गरेका थिए ! सूर्यविनायक नगरपालिकाकी उपप्रमुख सरिता तिम्सिना भट्टराईले नगरपालिकाले बालबालिका, महिला, युवा र जेष्ठ नागरिकका लागि विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आएकोमा बालमैत्री स्थानीय शासनयुक्त वडा र नगरपालिका घोषणा सम्पन्न हुन लागेकोमा खुशि व्यक्त गर्नु भएको थियो ! उक्त कार्यक्रममा जिल्ला समन्वय समिति भक्तपुरकी कार्यवाहक प्रमुख सुजाता वाडे बैद्यले बालमैत्री नगर घोषणा सम्पन्न गर्न अग्रसर भएकोमा बधाई एवं शुभकामना व्यक्त गर्नु भएको थियो । 

सुर्यविनायक नगर प्रमुख एवं घोषणा सभाका प्रमुख अतिथि बासुदेव थापाले नगरपालिकाको भौतिक विकासमा पहिलो कार्यकाल विताएको र अब यो आफ्नो अन्तिम कार्यकालमा नगरपालिकाको मानवीय विकासमा जोड दिएको बताउदै अब बालमैत्री नगरपालिका पनि घोषणा पश्चात नगरवासीको लागि अर्को उपलब्धि हुने बताउनु भयो ! 

उक्त बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा सभामा प्रमुख अतिथिले ५ बालिकालाई पुष्पमाला अर्पण गरी उदघाटन गर्नु भएको थियो । मदरल्याण्ड स्कुलका छात्राद्वय समृद्धि थापा र सरू बराइलीले संचालन गरेको कार्यक्रममा वडा सदस्य पूजा वराहले स्वागत मन्तव्य दिनु भएको थियो ! साथै वडा सदस्य विनय महत, सुनिल भुजेल, वडा सचिव अच्युतम खत्री, बाल सहजकर्ता सुजना थापा लगायतले कार्यक्रमलाई प्रभावकारी ढगंले सम्पन्न गर्न भूमिका खेल्नु भएको थियो । 

कार्यक्रममा वडामा संचालित विद्यालयहरु मदरल्याण्ड स्कुल, सरस्वति मावि, राम आवि, शिक्षा स्कुल, डिवेज प्रि स्कुल र भुवनेश्वरी माविको प्रस्तुति एवं सहभागिता थियो । घोषणा सभा एवं अभियानमा सहयोगि र सहभागिताको कदर गर्दै वडा बाल सन्जाल, नगर बाल सन्जाल, निजी तथा सामुदायिक विद्यालय, पत्रकार, स्वास्थ संस्था, खानेपानी समिति, रेडक्रस, सहकारी संस्था, मन्दिर विकास समिति, टोल सुधार समिति, साँस्कृतिक समुह तथा वडाका सबै संघसंस्थाहरुहरुलाई  कार्यक्रममा वडाको तर्फबाट कदरपत्र प्रदान गरिएको थियो ।




0 Comments

Leave A Comment

Don’t worry ! Your email address will not be published. Required fields are marked (*).