2026-05-29 11:32:24
सुर्यविनायक नपाका ५२ वटा संस्थागत विद्यालयका विद्यार्थीहरुको लागि १ दिने आत्मरक्षा अभिमुखिकरण कार्यक्रम सम्पन्न
भक्तपुर जेष्ठ १५ गते २०८३
सुर्यविनायक नगरपालिकाको आयोजनामा नगरका ५२ वटा संस्थागत विद्यालयका विद्यार्थी तथा शिक्षकशिक्षिकाहरुको लागि एक दिने आत्मरक्षा, प्रजनन स्वास्थ्य, यौनजन्य हिंसा तथा विभेदजन्य कुरुती सम्वन्धी अभिमुखिकरण कार्यक्रम नगरपालिकाका उपमेयर सरिता तिमिल्सिना भट्टराईको उपस्थितिमा न्यातापोल ब्यांङक्वेट, घलाटेमा सम्पन्न भयो ।
एक दिने आत्मरक्षा, प्रजनन स्वास्थ्य, यौनजन्य हिंसा तथा विभेदजन्य कुरुती सम्वन्धी अभिमुखिकरण कार्यक्रमको प्रशिक्षण सामाजिक अभियन्ता तथा आत्मरक्षा प्रशिक्षक पद्मा खयरगोली तथा प्रशिक्षक रविन्द्र श्रेष्ठद्वारा ३२० जना विद्यार्थी तथा शिक्षकशिक्षिकाहरुलाई प्रशिक्षण दिइएको थियो । लैंगिक तथा समाबेसिकरण शाखाको तत्वावधानमा सुनपाका वडा नंं १ देखि १० वटै वडामा रहेका संस्थागत विद्यालयहरुलाई एक दिने अभिमुखिकरण कार्यक्रमको लागि पत्राचार गरिएकोमा ५२ वटा संस्थागत विद्यालयका ५ जना किशोरी सहित शिक्षकशिक्षिकाहरुको सकृय सहभागिता रहेको थियो । गत वर्ष २०८२ मा ५ वटा सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई विद्यालयमा नै आत्मरक्षा तालिम दिएको थियो भने यो वर्ष संस्थागत विद्यालयलाई मात्र दिइएको हो । अबका दिनमा किशोरी मात्र होइन किशोरलाई पनि जनचेतनामुलक आत्मरक्षा, प्रजनन स्वास्थ्य, यौनजन्य हिंसा तथा विभेदजन्य कुरुती सम्वन्धी अभिमुखिकरण कार्यक्रमा सहभागी गराउने योजना रहेको सुनपाका लैंगिक तथा समाबेसिकरण शाखाका अधिकृत विजया सुवेदीले जानकारी दिनुभयो ।











0 Comments