2026-10-15 12:27:57
नेपाल कोरिया मैत्री अस्पतालमा मोडुलर आइसियु सेवा आजबाट शुरू
भक्तपुर असोज २९ गते २०८३
मध्यपुर नगरपालिकाद्वारा सञ्चालित नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालमा मोडुलर आइसियु सेवा शुरु भएको छ । आइसियु सेवाको बिहावार एक समारोहका बीच नगरपालिकाका नगर प्रमुख सुरेन्द्र श्रेष्ठले उद्घाटन गर्नुभयो । कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख एवम् अस्पताल संचालक समितिका अध्यक्ष श्रेष्ठले आफु निर्वाचित भएर आएदेखि नै अस्पतालमा सेवा लिन आउने विरामीले गुणस्तरीय सेवा पाउन भन्ने उदेश्यले काम गरिरहेको बताउनु भयो । नेपाल कोरिया मैत्री नगरपालिका अस्पताल नगरपालिकाहरूबाट सञ्चालित सबैभन्दा सुविधासम्पन्न अस्पताल बनेको उल्लेख गर्दै उहाँले यो अस्पताल विमा क्लेम गर्ने पाँचौं ठुलो अस्पताल बन्नु आफैमा गौरवको कुरा भएको बताउनुभयो। सेवा सुविधामा बृद्धी र सेवामा गुणस्तरीयताकै कारण अस्पतालमा बर्सेनि विरामी बढ्ने क्रममा रहेको उहाँको बताउनुभयो। बिरामीको गुनासो समाधानमा अस्पताल प्रशासन लाग्नु पर्नेमा जोड दिदै नयाँ बिल्डिङ सम्पन्न हुने क्रममा रहेको र त्यो सम्पन्न भएपछि विरामीले धेरै कुर्नुपर्ने अवस्थाको अन्त्य हुने पनि नगरप्रमुख श्रेष्ठको बताउनुभयो ।अस्पतालले प्रोटेवल अल्ट्रासाउन्ड मेसिन समेत खरिद गरेर वडा वडामा सेवा दिएकै कारण मुलुकका १० उत्कृष्ट सामुदायिक अस्पताल भित्रमा पर्न सफल भएको बताउँदै चाँगुनारायण अस्पतालमा समेत यहाँबाट विशेषज्ञ सेवा दिने गरिएको जानकारी दिनुभयो। अव छिटै कार्डियो सेवा समेत शुरू गर्ने तयारी भइरहेको बताउँदै मुटुका बिरामीलाई लक्षित गरेर ए ग्रेडको एम्बुलेन्स समेत खरिद गर्न लागिएको बताउनुभयो।
उप प्रमुख बिजय कृष्ण श्रेष्ठले अत्याधुनिक आइसियु निर्माण भएसंगै बिरामीले आइसियु नपाएर अकालमा मृत्युवरण गर्नुपर्ने अवस्थाको अन्त्य भएको बताउँदै अस्पताललाई विशिष्टिकृत अस्पतालकारूपमा विकास गरिरहेको बताउँनुभयो । उप प्रमुख श्रेष्ठले चार बर्ष अघि सम्म घाटामा रहेको अस्पताल पछिल्लो समय सेवा सुविधा विस्तार गरेसंगै नाफा कमाउन सफल भएको बताउनुभयो ।
अस्पताल सञ्चालक हरिदाश प्रजापतिले केही बर्षको अवधिमा अस्पतालले लल्लेख्य प्रगति गरेको बताउनुभयो । देशैभरीका विरामी उपचारका लागि आउने र दैनिक १२ सयको हाराहारीमा उपचार गर्दै आएको प्रजापतिले बताउनु भयो।
त्यस्तै अस्पतालका कार्यकारी निर्देशक डा. डिके रोशनले सानो हेल्थपोष्टबाट २७ बर्ष अघि शुरू भएको अस्पतालले पछिल्लो चार बर्ष अस्पतालले ठुलो फड्को मारेको बताउँदै यसै अवधिमा सिटी स्क्यान,ब्लड बैंक, डाइलासिस सेवा शुरु गरिएको बताउनुभयो । नगरपालिका, प्रदेश सरकारदेखि केन्द्र सरकारले समेत अस्पतालको विकासमा सहयोग रहेको पनि बताउनुभयो ।











0 Comments