हिजो आज भोलीको खबर, सबैको हातमा सत्यतथ्य खबर

भक्तपुर जेठ ६ गते २०८३
    उद्योग तथा वाणिज्य कार्यालय भक्तपुरको आर्थिक वर्ष २०८२/०८३ को विनियोजित बजेट अन्तर्गत आयोजित १० दिने नेवाः समुदायले खाने परिकार बनाउने तालिम सम्पन्न भएको छ। उद्योग तथा वाणिज्य कार्यालयको आयोजना तथा भक्तपुर घरेलु तथा साना उद्योग संघको समन्वयमा उक्त तालिम सञ्चालन गरिएको थियो। सम्मपन कार्यक्रमका प्रमुख अतिथि उद्योग तथा वाणिज्य कार्यालय प्रमुख रामप्रसाद कुस्माले आधुनिक तथा आयातित खाना र खाजाका कारण हाम्रा मौलिक एवं स्वास्थ्यवर्द्धक खानेकुराहरू लोप हुन लागेकोमा चिन्ता व्यक्त गर्नुभयो। नेवाः समुदायले बनाउँने परिकार अन्य समुदायका नागरिक र नेपाल भ्रमणमा आउने विदेशी पर्यटकहरूमाझ समेत निकै लोकप्रिय रहेकाले यसलाई व्यवसायका रूपमा अगाडि बढाउन पर्ने उहाँले बताउँनुभयो । तालिम लिने प्रशिक्षार्थीहरू केवल सीपमा मात्र सीमित नभई व्यावसायिक बनून् भन्ने अपेक्षासहित यो तालिम सञ्चालन गरिएको बताउँदै प्रमुख कुस्माले नयाँ व्यवसाय दर्ता गर्न कुनै पनि किसिमको असहजता भएमा कार्यालयले आवश्यक सहजीकरण गरिदिने पनि बताउँनुभयो ।
    
त्यस्तै कार्यक्रममा बोल्दै नेपाल घरेलु तथा साना उद्योग महासंघका केन्द्रीय सदस्य विरेन्द्र जतिले तालिमबाट प्राप्त सीपलाई आर्थिक उपार्जनसँग जोड्न सके व्यक्ति, समाज र समग्र देशकै कुल गार्हस्थ्य उत्पादनमा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो।
त्यसैगरी, संघका निवर्तमान अध्यक्ष प्रेम खर्बुजाले रैथाने नेवाः परिकारलाई समय सुहाउँदो ढंगले ुफ्युजनु ९आधुनिक स्वाद र शैलीको मिश्रण० गरी ग्राहकलाई सेवा दिनुपर्ने सुझाव दिनुभयो। तालिमका मुख्य प्रशिक्षक सुनिल सुवालले परिकारको स्वादसँगै यसको गुणस्तरलाई कसरी उच्च कायम राख्न सकिन्छ भन्ने प्राविधिक पक्षबारे प्रकाश पार्नुभएको थियो।
कार्यक्रममा महिला उद्यमी समितिकी सभापति कमलश्वरी खर्बुजा तथा संघकी सह(सचिव सुमित्रा श्रेष्ठले महिला उद्यमीहरूको उत्थान र प्रवर्द्धनका लागि संघले पुर्‍याउँदै आएको योगदान र आगामी योजनाहरूबारे चर्चा गर्नुभएको थियो।
तालिमको समापन समारोह उद्योग तथा वाणिज्य कार्यालयका प्रमुख रामप्रसाद कुस्माको प्रमुख आतिथ्यता तथा भक्तपुर घरेलु तथा साना उद्योग संघका अध्यक्ष श्यामसुन्दर श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा स्थानीय मौलिक संस्कृतिको जगेर्ना गर्दै रोजगारी र उद्यमशीलता सिर्जना गर्ने उद्देश्यले आयोजित यस तालिममा २५ जना स्थानीय महिला तथा युवाहरूको उत्साहजनक सहभागिता रहेको थियो।




0 Comments

Leave A Comment

Don’t worry ! Your email address will not be published. Required fields are marked (*).