हिजो आज भोलीको खबर, सबैको हातमा सत्यतथ्य खबर

भक्तपुर कार्तिक १३ गते २०८३

शुक्रबार भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा यसवर्षको स्वन्ति नखाः (तिहार २०८३) मनाउने विषयमा बैठक बसेको छ । भक्तपुर तलेजुका पूजारी, ज्योतिष, कर्माचार्य, नवदुर्गा देवगण तथा जात्रा व्यवस्थापन समितिका पदाधिकारीलगायत सरोकारवालाहरुसँग छलफल गरी तान्त्रिक विधिअनुसार देहायबमोजिम स्वन्ति नखाः (तिहार ) मनाउन उपयुक्त हुने राय सुझाव प्राप्त भएको हुँदा सोही बमोजिम तिहार मनाउने सम्बन्धी निर्णय गरेको छ।

बैठकले यस वर्षको स्वन्ति नखाः सम्बन्धमा विभिन्न पात्रो र सरोकारवालाहरुबाट लक्ष्मी पूजा, म्हः पूजा र किजापूजा मनाउने तिथिका विषयमा फरक फरक मितिमा मनाउने गरी सार्वजनिक भएका समाचारहरुबाट सर्वसाधारणमा अन्यौल सिर्जना हुने देखिएकोले आज बसेको बैठकको निर्णयबमोजिम मिति २०८३ कार्तिक २२ गते, आइतबार बिहान १०ः५४ बजेपछि औंसी तिथि प्रारम्भ हुने भएकोले साँझ दिपावली गरी लक्ष्मी पूजा मनाउने, कार्तिक २३ गते सोमबार बिहान ११ः३३ बजेपछि प्रतिपदा तिथि आरम्भ हुने भएकोले साँझ म्हःपूजा मनाउने र मिति २०८३ कार्तिक २४ गते मंगलबार दिनको १२ः४१ बजेपछि द्वितीया तिथि आरम्भ हुने भएकोले साँझ किजापूजा मनाउने निर्णय गरेको हो ।

बैठकमा ज्योतिष डा. वीरेन्द्रप्रसाद कायस्थ, पूजारी सिद्धिवीर कर्माचार्य, नेपाल ज्योतिष परिषद् भक्तपुर जिल्ला निवर्तमान अध्यक्ष केदारप्रसाद दैवज्ञ जोशी, नवदुर्गा देवगण तथा जात्रा व्यवस्थापन समितिका बालगोपाल वनमालालगायतको उपस्थिति रहेको थियो ।




0 Comments

Leave A Comment

Don’t worry ! Your email address will not be published. Required fields are marked (*).