हिजो आज भोलीको खबर, सबैको हातमा सत्यतथ्य खबर

भक्तपुर असोज २४ गते २०८३ 

क्रियासिल पत्रकार मञ्च भक्तपुरको आज भक्तपुरमा सम्पन्न १६ औ वार्षिक साधारण सभा, छैठौ केन्द्रीय अधिवेशनले पत्रकार रमेश गिरी ‘आशा’ को नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । नयाँ कार्यसमितिमा उपाध्यक्षमा मकर श्रेष्ठ, सचिवमा अञ्जना शिल्पकार, कोषाध्यक्षमा पुष्कारराज बुढाथोकी, सहसचिवमा ऋषिकेश श्रेष्ठ चयन हुनु भएको छ भने सदस्यहरुमा विपिन ढुङ्गाना, संगीता अधिकारी, रत्नकाजी श्रेष्ठ र सृजना खतिवडा चयन हुनु भएका छन् । अध्यक्ष गिरीले क्रियासिल रहेका पत्रकारहरुको साझा संगठनको रुपमा मञ्चलाई बिस्तार गर्ने र पत्रकारहरुको हकहित एवं अधिकारका सवालमा आवाज उठाउँदै जाने बताउनुभयो ।




0 Comments

Leave A Comment

Don’t worry ! Your email address will not be published. Required fields are marked (*).