हिजो आज भोलीको खबर, सबैको हातमा सत्यतथ्य खबर

भक्तपुर असोज २१ गते २०८३

नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा भक्तपुरका नेता अष्टकुमार कवेँले जिताउन जिल्लाका नेताहरू एकजुट भएर लागेका छ्न् । कवेँले खुला केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका छन्। लामो समय कांग्रेस राजनीतिमा सक्रिय कवेँलाई भक्तपुरका कांग्रेस नेताहरूले राजनीतिक अनुभवसँगै सामाजिक क्षेत्रमा गरेको कामका आधारमा केन्द्रीय नेतृत्वमा अघि सार्नुपर्ने बताउँदै एकजुट भएर लागेका छन्। उहाँ कांग्रेस राजनीतिमा लामो समयदेखि सक्रिय छन् भने यसअघि मध्यपुर थिमि नगरपालिकाको मेयरका उम्मेदवारसमेत बनेका थिए। २०७४ को स्थानीय तह निर्वाचनमा कांग्रेसबाट मध्यपुर थिमिको मेयर उम्मेदवार रहेका कवेँले सम्मानजनक मत प्राप्त गरेका थिए। राजनीतिसँगै खेलकुद, शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रका गतिविधिमा पनि सक्रिय रहँदै आएका कवेँ नेपाल लोकतान्त्रिक खेलकुद संघ बागमती प्रदेशको अध्यक्षसमेत हुन्। १५औँ महाधिवेशनका क्रममा उहाँ भक्तपुरबाट महाधिवेशन प्रतिनिधिका रूपमा सहभागी भएका छन्। कवेँको सामाजिक सक्रियताको चर्चा विशेषगरी विपद्का समयमा भएको सहयोगसँग जोडिन्छ। २०७२ सालको भूकम्पपछि उहाँले आफ्नै निजी स्रोतबाट भक्तपुरका पीडितलाई खाद्यान्न, त्रिपाल तथा लत्ताकपडालगायत राहत सामग्री वितरण गरेको उहाँको समर्थनमा जारी विवरणमा उल्लेख छ। कोरोना महामारीका समयमा पनि स्वास्थ्य सेवाको पहुँच र समस्यामा परेका नागरिकलाई सहयोग गर्ने अभियानमा सक्रिय रहेको थिए । कांग्रेसको विशेष महाधिवेशनबाट केन्द्रीय सदस्य बनेका कवेँले अहिले खुला केन्द्रीय सदस्यमा पुनः उम्मेदवारी दिएका हुन्। यसपटक उहाँको मुख्य राजनीतिक एजेन्डा कांग्रेसलाई गुट–उपगुटभन्दा माथि उठाएर एकताबद्ध बनाउने र बीपी कोइरालाको राजनीतिक विचारलाई पार्टीको आधारका रूपमा अघि बढाउने रहेको बताइएको छ। भक्तपुर कांग्रेसका विभिन्न तहका नेता तथा महाधिवेशन प्रतिनिधिहरू कवेँको पक्षमा खुल्नेक्रम जारी रहेको छ भने क्षेत्रीय तथा नगर तहका नेताहरूको सक्रियताले उहाँको उम्मेदवारीलाई भक्तपुरको प्रतिनिधित्वसँग पनि जोडिएको छ। कवेँलाई समर्थन गर्नेहरूको तर्क भने उहाँको उम्मेदवारी केवल संगठनभित्रको राजनीतिक यात्रामा सीमित नभई राजनीतिक अनुभव, स्थानीय तहको नेतृत्वको अनुभव र सामाजिक क्षेत्रमा देखिएको सक्रियतासँग जोडिएको छ। खुला केन्द्रीय सदस्यका लागि प्रतिस्पर्धामा रहेका उम्मेदवारमध्ये कवेँले आफ्नो राजनीतिक अनुभव र सामाजिक सक्रियतालाई कति प्रभावकारी रूपमा प्रतिनिधिसमक्ष प्रस्तुत गर्न सक्छन् भन्ने विषय महत्त्वपूर्ण हुनेछ।भक्तपुरका दुबै क्षेत्रका धेरैजसो महाधिवेशन प्रतिनिधि, क्षेत्रीय सभापतिहरु, नगर सभापतिहरु, पूर्व नगर सभापति एवं क्षेत्रीय सभापतिहरु, पूर्व मन्त्रीहरु, बहलवाला नगर प्रमुखहरुलगायत भक्तपुर जिल्लाको सिंगो कांग्रेस कवेँलाई विजयी गराउन लागिपरेको देखिन्छ ।




0 Comments

Leave A Comment

Don’t worry ! Your email address will not be published. Required fields are marked (*).