2026-10-05 10:59:49
महान पर्व दशैंको उपलक्ष्यमा सल्लाघारी चौरमा २१ गते देखि दशैं मेला हुने ।
भक्तपुर असोज १९ गते २०८३
भक्तपुरको सल्लाघारी चौरमा यही असोज २१ गते देखि ३० गतेसम्म दशैं रमाइलो महोत्सव २०८३ हुन लागेको छ । दशैंको अवसरमा हुन लागेको मेला महोत्सवमा करिव ५० वटा स्टलहरू हुने आयोजकले आज गरेको पत्रकार सम्मेलनमा जानकारी दिएका छन् । मेलामा दैनिक प्रयोगमा आउने सामानहरू लत्ताकपडा, खाद्यान्न, अटोमोबाइल, जुत्ताहरू, कृषि तथा हस्तकलाका सामाग्रीहरू, कृषि ओैजारहरू विशेष छुटमा उपलव्ध हुने पनि जानकारी गराएको छ । त्यस्तै मनोरञ्जनका लागि बालउद्यान, रोटेपिङ, ड्रागन, नाउ, मिनि बन्जी जम्प, वाटर वल्व, मिकि माउस, ट्रेम्पोलिङ, स्कारपियो जस्ता खेलहरू पनि हुने छन् । साथै राष्ट्रिय तथा स्थानिय कलाकारहरूको हास्यव्यङ्ग्य तथा गायनको बेजोड प्रस्तुति हुने छन भने प्रत्यक दिन खुल्ला नृत्य प्रतियोगिता पनि हुने जानकारी दिएको छ । महोत्सव ब्यवस्थितको लागि बिद्यार्थीहरूलाई रू ७०/- सर्वसाधारणको लागि रू १००/- प्रवेश शुल्क लाग्ने छ भने वृद्ववृद्वाहरू र अपांगता भएकाहरूका लागि भने निशुल्क प्रवेशको ब्यवस्था मिलाएको आयोजकले जनाएको छ । स्टल बुक गर्न संयोजक मोबाइल नं. ९८४१७६८९७८ संगम लामा वा मेला स्थान सल्लाघारी चौरमा सम्पर्क गर्ने पनि अनुरोध गरेको छ ।











0 Comments