2026-10-04 04:59:28
सिर्जना अभियानद्वारा चिबाखंको विमोचन तथा विशेष कविता वाचन, चिनाखँ ब्वनेज्या सम्पन्न ।
भक्तपुर असोज १८ गते २०८३

सिर्जना अभियान समाज भक्तपुरद्वारा भक्तपुरमा चिबाखंको विमोचन तथा विशेष कविता वाचन, विशेष चिनाखँ ब्वनेज्या कार्यक्रम शनिवार सम्पन्न गरेको छ। समारोहमा संयुक्त लघुकथा कृति ‘अभियान चिबाखं’को विमोचन तथा स्रष्टाहरूका सिर्जना वाचन कार्यक्रम गरेको थियो। कार्यक्रममा कवि योगेन्द्र प्रधान, समाजका अध्यक्ष धनमान श्रेष्ठ र कृतिका सम्पादक ध्रुव मधिकर्मीले संयुक्त रूपमा ‘अभियान चिबाखं’को विमोचन गर्नुभएको थियो । विमोचनपछि बोल्दै सम्पादक मधिकर्मीले सानो आकारको कथाले पनि जीवनको कुनै विशेष क्षणलाई उजागर गर्न सक्ने भएकाले नेपालभाषामा लेखिएका समसामयिक लघुकथाको सन्दर्भ र स्वरूप पाठकसम्म पुर्याउन कृति प्रकाशन गरिएको बताउनुभयो । नेपालभाषाका वरिष्ठ कवि योगेन्द्र प्रधानले थोरै सङ्ख्यामा कविहरूले कविता वाचन गर्दा स्रष्टा र स्रोतामा कविताप्रति अझ रुचि जाग्ने बताउनुभयो। उहाँले यस प्रकारका कार्यक्रमले सुन्ने र सुनाउने वातावरण निर्माण गर्ने धारणा व्यक्त गर्नुभयो। कार्यक्रममा कवि प्रधानसहित युवा स्रष्टाहरू माणिकबाबु ग्वंग, नवीनप्रकाश श्रेष्ठ, विपिन बनेपाली, कृष्णमोहन जोशी, सुरेन्द्रलाल भुजू, ओमनरहरि श्रेष्ठ, कृष्णप्रसाद दुमरु, ज्ञानकेशरी श्रेष्ठ, मिमला शर्मा र पदमा खयरगोलीले समसामयिक विषयका कविता वाचन गर्नुभएको थियो । धनमान श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन लक्ष्मी वैद्यले गर्नुभएको थियो । सिर्जना अभियान समाज भक्तपुरद्वारा प्रकाशित ‘अभियान चिबाखं’मा ७८ जना स्रष्टाले लेखेका समसामयिक सन्दर्भका लघुकथा सङ्ग्रहित रहेको प्रकाशक ध्रुव मधिकर्मीले जानकारी दिनुभयो।














0 Comments