2026-09-16 11:49:35
नेपाल भाषा पढ्ने बिद्यार्थीहरूलाई हलिं नेवा:दबुद्वारा छात्रवृत्ति वितरण
पाटन भदौ ३१ गते २०८३


पाटन संयुक्त क्याम्पसमा नेपाल भाषा अध्ययन गर्दै गरेका बिद्यार्थीहरूलई छात्रवृत्ति बितरण गरेको छ । बिदेशका विभिन्न देशमा बसोबास गर्ने नेवा: समुदायका हलिं नेवा दबु (WNO) का सदस्यहरूले उपलब्ध गराउँदै आएको उक्त छात्रवृत्ति आज भदौ ३१ गते ७ जनालाई वितरण गरेको हो । एक बर्षको क्याम्पसको फिस र अन्य खर्चगरि प्रति ब्यक्ति रू.१५ हजारका दरले वितरण गरिएको हो । आगामी दिनमा २५, ३० जनालाई छात्रवृत्ति दिने गरि अक्षयकोष बनाउन लागि परेको केन्द्रीय उपाध्यक्ष सुरेन्द्र श्रेष्ठले बताउनु भयो ।












0 Comments