हिजो आज भोलीको खबर, सबैको हातमा सत्यतथ्य खबर

काठमाडौं भाद्र ८ गते २०८३

केबिएस प्रोडक्सन हाउस लुभुको प्रस्तुतिमा फेरि एउटा  नेपाल भाषाको नयाँ गीत "याकचा जुय म्हायपुसें च्वाना" को सोमवार जयनेपाल हल काठमाडौंमा विमोचन गरेको छ । ललितपुरको सुनाकोठी निवासी सिद्दि बहादुर महर्जन र  निशा देसारको स्वर रहेको गीतमा कलाकारद्वय यमन श्रेष्ठ र भिंतुना जोशीले गीत सुहाउँदो भुमिका निभाउनु भएको छ । नृत्य निर्देशक बालमुकुन्द प्रजातिको कोरियोग्रफीमा निर्माण भएको "याकचा जुया म्हाईपुसे च्वोना" (एक्लै भएर दिक्क लाग्यो) गीत सार्बजनिक गर्ने क्रममा गीतको भिडीयोमा रहेका कलाकार र भिडियो बनाउन सहयोगीहरूलाई मायाको चिनो र सम्मान गरेको थियो । कार्यक्रममा विभिन्न कलाकारहरू लगायत नेपालभाषालाई माया गर्ने महानुभावहरूको बाक्लो उपस्थिति रहेको थियो ।

हलमा दर्शक तथा कलाकारहरूको उपस्थितिले काम गर्ने अझ हौसला मिलेको छ केबिएस प्रोडक्सन हाउसका प्रोप्राईटर कृष्ण भक्त श्रेष्ठले बताउनु भयो । उहाँले उपस्दथित सबैलाई ह्रद य देखि धन्यबाद भन्दै युट्युबमा हेरेर लाइक सस्क्राई र सेयर गरि माया गरिदिनुहुन पनि अनुरोध गर्नुभयो । 




0 Comments

Leave A Comment

Don’t worry ! Your email address will not be published. Required fields are marked (*).