हिजो आज भोलीको खबर, सबैको हातमा सत्यतथ्य खबर

भक्तपुर भाद्र ५ गते २०८३

जिल्ला हुलाक कार्यालय भक्तपुरले गभर्मेन्ट क्यारियर सर्भिस सम्वन्धि बैंक तथा बित्तीय संस्थाहरूसँग अन्तरक्रिया कार्यक्रम गरेको छ । सहायक जिल्ला अधिकारअंको प्रमुख अतिथिमा भएको कार्यक्रममा हुल्लाकले दिईरहेको कामका बारेमा जानकारी गराउँदै हुलाकले डिजिटलको माध्यमबाट भैरहेको र घरदैलो ब्यवस्था गरि सेवा दिईरहेको बारेपनि जानकारी दिनु भयो ।

१५ वटा निजी बैंक र राष्ट्रिय बाणिज्यका प्रतिनिधिहरू सहभागीता रहेको कार्यक्रममा राष्ट्रिय बाणिज्य बैंकका प्रतिनिधिले बैंकबाट पठाएको चिठ्ठी हुलाकका कर्मचारीले सम्पर्क नभएर फर्किएको भनेको ब्यक्ति उहाँकै अगाडि फोन गर्दा चिठीकोबारे आफुलाई कसै सम्पर्क नगरेको भने जवाफ सुनु परेकोमा दुःख लागेको कुरा सुनाउनु भयो । अब उप्रान्त यस्तो नहोस् र कर्मचारीले जिम्मेवारीपुर्वक काम गरेको नगरेको निगरानी गर्नु पर्ने सुझाव दिनुभयो ।




0 Comments

Leave A Comment

Don’t worry ! Your email address will not be published. Required fields are marked (*).