2026-08-10 02:14:38
अबैध रेड पाण्डाको छाला सहित दैलेखका भुपेन्द्र ब. कठायत पक्राउ
भक्तपुर श्रावण २५ गते २०८३
भक्तपुर नगरपालिका वडा नं. दुधपाटीस्थित रेसुङ्गा थकाली एण्ड किचेन होटलको कोठानं. ४०१ मा गोप्य सूचनाका आधारमा अबैध हाब्रे (रेड पाण्डा) को छाला सहित एक जना ब्यक्ति पक्राउ गरेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएकोछ । उक्त कोठामा चेकजाँच गर्दा जिल्ला दैलेख ठाटीगाउँ गाउँपालिका वडा नं. ४ बस्ने २९ बर्षिय भुपेन्द्र बहादुर कठायतले लुकाई राखेको अवस्थामा रेड पाण्डाकोछाला फेला परेको परिसरका सूचना अधिकारी प्र.ना.उ. दिपक कार्कीले बताउनु भयो । उक्त छाला डिभिजन वन कार्यालयमा बुझाई कठायतलाई नियन्त्रणमा लिई थप अनुसन्धान भैरहेको उहाँले बताउनु भयो ।











0 Comments