हिजो आज भोलीको खबर, सबैको हातमा सत्यतथ्य खबर

नेवाः पत्रकार राष्ट्रिय दबु भक्तपुर शाखाको ५ ओैं अधिवेशनमा कान्तिपुर टेलिभिजनका वरिष्ठ सह सम्पादक तथा नेपाल पत्रकार महासंघ जिल्ला शाखा भक्तपुरका पुर्व अध्यक्ष नारायण सुन्दर किलम्बुलाई सम्मान गरेको हो । राष्ट्रिय समाचार समिति (रासस) का वरिष्ठ फोटो पत्रकार रत्नकृष्ण श्रेष्ठेले उहाँका दिवंगत मातापिताको सम्झनामा स्थापना गर्नु भएको "स्व.हिरालाल श्रीलक्ष्मी लुमन्ति पत्रकारिता सिरपा" द्वारा नगद रू दस हजार सहित सम्मान गरिएको हो । दबु ख्वप कच्चा (भक्तपुर शाखा) को शनिवार श्रावण ९ गते २०८३ मा भएको १२ओैं साधारणसभा तथा ५ ओैं अधिवेशनबाट नयाँ कार्यसमितिको पनि निर्वाचन भएको थियो ।

अधिवेशनमा सबै पदाधिकारी सर्वसम्मत निर्वाचितभएको हो । नयाँ कार्यसमितिमा चन्दन कृष्ण श्रेष्ठ (गोपाल)को अध्यक्षतामा उपाध्यक्ष सुरेश श्रेष्ठ, सचिवमामा देवेन्द्र प्रजापति दोहरिएका छन् भने महिला उपाध्यक्ष रेणु त्वानावासु, महिला सचिवमा बिमला शाक्य, सहसचिवमा सिताराम कासिछ्वा, कोषाध्यक्षमा प्रकाश मल्ल रहेका छन् । सदस्हरू बिरेन्द्र खाईजु , रविन्द्र किजु, नेत्रमान कर्माचार्य, उषा किरण राणा श्रेष्ठ रहेका छन्।

त्यस्तै केन्द्रीय पार्षदमा निवर्तमान अध्यक्ष रामगोपाल तमखु, कृष्ण किसि, बिश्वराम दुवाल र रत्नकाजी प्रजापति सर्वसम्मत निर्वाचित भएकाछन् भने प्रदेश पार्षदमा श्याम कुमार था, राजन गरू, हरि बहादुर श्रेष्ठ, ज्ञानदेव श्रेष्ठ सर्वसम्मत निर्वाचित भएको हो ।




0 Comments

Leave A Comment

Don’t worry ! Your email address will not be published. Required fields are marked (*).