2026-05-06 10:36:51
आदर्श स्थित भक्तपुर फ्युल सेन्टर नजिक मान्छेलाई टिपरले ठक्कर दियो
भक्तपुर बैषाख २३ गते २०८३
भक्तपुरको आदर्श चोक नजिक भक्तपुर फ्युल सेन्टर अगाडि टिपरले पैदलयात्रीलाई ठक्कर दिएको छ । बाटो क्रस गर्दै गरेका भारतको दरभंगाको धोहीघाट घर भई हाल चाँगुनरायण नपा ८ स्थित बिएम ईट्टा भट्टामा काम गर्ने ४३ बर्षका विसुनदेव सहनी गम्भीर घाईते भएको प्रहरी वृत जगातीले जनाएको छ । सुर्यविनायकबाट जगाती तिर जाँदै गरेको बा ४ ख ३१५६ नं. को टिपरले सहनीलाई २०८३ बैषाख २० गते राति ११ बजे ठक्कर दिएको हो । घाईतेलाई तत्काल उपचारको लागि भक्तपुर अस्पताल दुधपाटी लगिएकोमा उपचारकै क्रममा ऐ.मितिको २३:२२ बजेको समयमा मृत्यु भएको प्रहरीले जनाएको छ । टिपर चालक जिल्ला काभ्रेपलान्चोक बनेपा बस्ने वर्ष ३६ को श्याम कुमार तामाङलाई नियन्त्रणमा लिई प्रहरी वृत्त जगातीबाट थप अनुसन्धान कार्य भईरहेको जगाती वृतले जनाएको छ ।











0 Comments