2026-04-09 01:59:53
चेस्ट अस्पतालमा प्राइभेट क्याबिन भवनको उद्घाटन
काठमाडौं चैत्र २५ गते २०८२
नेपाल क्षयरोग निवारण संस्था द्वारा सञ्चालित कालिमाटी चेस्ट अस्पतालको लागि विभिन्न संघसंस्था तथा व्यक्तिहरूको आर्थिक सहयोगमा सात (७)वटा प्राइभेट क्याबिन भवन समुद्घाटन कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा सभापतित्व केन्द्रीय अध्यक्ष श्री देवेन्द्रबहादुर प्रधान ज्यूले गर्नुभएको थियो भने प्रमुख अतिथिको रुपमा काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख श्री सुनिता डंगोलज्यू हुनुहुन्थ्यो।
कार्यक्रममा स्वागत मन्तव्य राख्नुहुँदै संस्थाका महासचिव श्री श्यामकुमार श्रेष्ठज्यूले संस्थाको परिचय तथा गतिविधिबारे जानकारी गराउनुभएको थियो। कार्यक्रममा महासचिव ज्यूले संस्था वि.स २०१० मा स्थापना भएको र निरन्तर रूपमा सामाजिक कार्य विशेषगरी क्षयरोग निवारणमा लागि परेको कुरा व्यक्त गर्नुभयो।
उद्घाटन कार्यक्रममा केन्द्रीय अध्यक्ष श्री देवेन्द्रबहादुर प्रधानज्यूले संस्थाले स्थापना कालदेखि नै नेपालको क्षयरोग कार्यक्रममा सक्रिय रूपमा कार्यक्रम तथा जनचेतना कार्यक्रमहरु गर्दै आएको बताउनुभयो। नेपालमा क्षयरोग सम्बन्धी कार्य गर्ने पहिलो सामाजिक संस्था रहेको जानकारी उद्घाटन कार्यक्रममा गराउनु भयो। संस्थाको प्राङ्गणमा नेपालकै एकमात्र छाती रोग अस्पताल सञ्चालन गर्दै आइरहेको र सोको लागि आवश्यक बजेट नेपाल सरकारबाट प्रदान गर्दै आएकोमा हालको वर्षबाट भारी मात्रामा बजेट कटौती भएको र त्यस्तै गर्दा अस्पताल सञ्चालन गर्न कठिनाइ हुँदै गएको कुरा सो समारोहमा व्यक्त गर्नुभयो। संस्थालाई काठमाडौँ महानगरपालिका वडा नम्बर १३ बाट वार्षिक रूपमा सहयोग हुँदै आएको र वडाको सक्रिय समन्वयन हुँदै आएको जानकारी गराउनुभयो। अध्यक्षज्यूले अस्पताल सञ्चालन गर्न आगामी दिनहरूमा जटिल बन्दै गएको हुँदा नेपाल सरकार, काठमाडौँ महानगरपालिकाले विशेष रुपमा सहकार्य गरिदिनुपर्ने कुरा व्यक्त गर्नुभयो। हाल कै अवस्थामा संस्थाले प्रदान गर्दै आएको सेवाहरू सञ्चालन गर्न निकै कठिनाइ हुने र सेवा नै ठप्प हुने बताउनुभयो।
उद्घाटन कार्यक्रमको प्रमुख अतिथि काठमाडौँ महानगरपालिकाका का. व प्रमुख श्री सुनिता डंगोलज्यू ले संस्थाले ऐतिहासिक कार्य गर्दै आएको र नेपाल सरकारको क्षयरोग निवारण कार्यक्रमलाई सघाउँदै आएको चर्चा गर्नुभयो। प्रमुख अतिथिज्यूले हाल क्षयरोगको अवस्था बारे आफू सचेत रहेको र स्वास्थ्य क्षेत्रको यस अति आवश्यक सेवादायी संस्थाहरूसँग निरन्तर सहकार्य र समन्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। कार्यवाहक प्रमुखज्यूले संस्थाको हालको समस्या बारे जानकारी लिनुहुँदै उक्त समस्या हरूको चाँडो समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
उद्घाटन कार्यक्रममा काठमाडौँ महानगरपालिका वडा नम्बर १३ का अध्यक्ष श्री ध्रुव नारायण मानन्धर ज्यूले यस संस्थालाई विगतमा पनि सहयोग र समन्वयन गर्दै आएको कुरो जानकारी गराउनुभयो। संस्थाको लागि निरन्तर सहयोग र समन्वयन गरिरहने कुरा समारोहमा व्यक्त गर्नुभयो। १३ नं वडा कार्यालयले महानगरपालिकालाई निरन्तर पहल र समन्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उद्घाटन कार्यक्रममा दाताको तर्फबाट काठमाडौँको इन्जिनियरिङ कलेजका अध्यक्ष श्री हिरेन्द्रमान प्रधान ज्यूले संस्थाले क्षयरोग बिरामीहरूलाई दिँदै आएको सेवा र संस्थाले क्षयरोग नियन्त्रणमा पुर्याएको योगदानबारे प्रशंसा व्यक्त गर्नुभयो। उक्त उद्घाटन कार्यक्रममा सात वटा प्राइभेट क्याबिन निर्माण गर्नुहुने दाताहरूलाई कदरपत्र वितरण गरिएको थियो।
दाताहरूको नामावली:
🔹श्री मदन काजी श्रेष्ठ,कास्की पोखरा रु. ४ लाख
🔹श्री देवेन्द्र बहादुर प्रधान,सौगल ललितपुर रु १ लाख
🔹श्री बिन्दु प्रधान ,सौगल ललितपुर रु १ लाख
🔹श्री भूपेन्द्र प्रधान, सौगल ललितपुर रु १ लाख
🔹श्री मृदुला प्रधान ,सौगल ललितपुर रु १ लाख
🔹श्री सम्यक शाक्य ,कमलादी काठमाडौँ रु. १ लाख
🔹श्री कर्मठ प्रधान, सौगल ललितपुर रु १ लाख
🔹श्री शिल्पा प्रधान, सौगल ललितपुर रु. १ लाख
🔹श्री दीपक श्रेष्ठ ,दोबहाल ललितपुर रु १ लाख
🔹श्री काठमाडौँ इन्जिनियरिङ कलेज, काठमाडौँ ४ लाख
🔹श्री याक प्यालेस, पुलचोक ललितपुर रु. ४ लाख
🔹श्री राजन श्रेष्ठ ,विराटनगर मोरङ रु १ लाख
🔹श्री राज किशोर प्रसाद यादव, रौतहट रु १ लाख
🔹श्री हिरा देवी शर्मा ,स्याङ्जा रु १ लाख
🔹श्री अमर बहादुर श्रेष्ठ, काठमाडौँ रु. १ लाख
🔹श्री ध्रुव नारायण मानन्धर,कालिमाटी रु २ लाख
🔹डा. धर्मशरण मानन्धर, कालिमाटी रु २ लाख
काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख श्री सुनिता डंगोल ज्यूले संस्थाद्वारा सञ्चालित कालिमाटी चेस्ट अस्पताल, जेनेटअप टिबी ल्याब को अवलोकन भ्रमण गर्नुभएको थियो । उद्घाटन समारोहमा संस्थाका केन्द्रीय अध्यक्ष श्री देवेन्द्रबहादुर प्रधान ज्यूले काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख श्री सुनिता डंगोल ज्यूलाई संस्थाको तर्फबाट मायाको चिनो प्रदान गर्नुभएको थियो ।कार्यक्रममा केन्द्रीय सदस्यज्यूहरू, सल्लाहकारज्यू, जिल्ला शाखाका प्रतिनिधिहरू, स्वयंसेवक, स्वास्थ्य स्वयंसेविका, विभिन्न सङ्घसंस्थाबाट पाल्नुभएका व्यक्तित्वहरू, पत्रकार र कर्मचारीहरूको उपस्थिति रहेको थियो।
स्रोत बाबुकाजी सांछें श्रेष्ठ














0 Comments